आज: २०८२ चैत्र २७, शुक्रबार | Fri, 10, Apr, 2026

सुदूरपश्चिमका पहाडी क्षेत्रमा हिमपातले राजमार्ग र विद्युत् अवरुद्ध

२०८२ माघ १०, शनिबार मा प्रकाशित ( २ महिना अघि) २१७१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

सुदूरपश्चिम -१० माघ ।

सुक्रबार राति परेको भारी हिमपातले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा राजमार्ग अवरुद्ध भएका छन्। बैतडीको नारखोली, खोडपे, श्रीभावर,सतबाँझ, देहिमाडौँ क्षेत्रमा भारी हिमपात भएकोले दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग गए राति देखि नै अवरुद्ध भएको हो।

उक्त स्थानका पहाडी क्षेत्रमा भारी हिमपात भएपछी गएरातिदेखी राजमार्ग अवरुद्रद सवारी आवागमन पूर्ण रूपमा ठप्प रहेको बैतडी प्रहरी कार्यलयले जनाएको छ। प्रहरीका अनुसार हिमपातले राजमार्ग अवरुद्ध हुनुका साथै विद्युत् सेवा पनि अवरुद्ध भएको छ । यातायात सञ्चालन गर्न प्रयास भइरहेको छ ।

यस्तै डडेल्धुराको साहुखर्क, हगुल्टेलगायत क्षेत्रमा पनि हिमपात भइ भीमदत्त राजमार्ग समेत ठप्प रहेको प्रहरीले जनाएको छ। शुक्रबार बेलुकादेखि बैतडी, दार्चुला, बझाङ, डोटी, डडेल्धुराका उच्च पहाडी क्षेत्रमा वर्षासँगै हिमपात परेको थियो ।

विगत चार महिनादेखि वर्षा नहुँदो हिउँदे बाली सुक्दै गएकाले किसानहरु चिन्तित थिए । हिमपात र वर्षाले जाडो बढाउने भएतापनि किसान बाली सप्रिने भन्दै खुशी भएका छन् । हिमपातका कारण अत्यधिक चिसो बढेपछि त्यस क्षेत्रका बासिन्दाहरुको जनजीवन प्रभावित भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस