
बिबियु
नारी वाटिका संवाददाता
धादिङ -११ माघ ।
पछिल्लो समयमा नेपाली बजारमा सुनको मुल्य उकालो लाग्नेक्रम जारी छ ।
जस अनुसार आइतबार बजारमा सुनचाँदीको भाउ बढेर उच्च रेकर्ड कायम गरेको हो । सोही अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँ र चाँदीको ६ हजार ४ सय ८० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत साता सुक्रबारको तुलनामा आज सुन तोलामा २ हजार ४०० रुपैयाँ बढेको छ। त्यस्तै आज चाँदीको मुल्यमा पनि २९० रपयाँले बढेको हो । साथै आज बढेको रेट अनुसार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य हालसम्मकै उच्च हो।












प्रतिक्रिया दिनुहोस