
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौं -१२ माघ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नक्कली कागजात बनायर बिमा अशुली गर्ने गर्ने ६ कम्पनीका मालिकहरुलाई पक्राउ गरेको छ । पर्वतारोहण तथा ट्रेकिङका क्षेत्रमा काम पक्राउ परेका हुन् ।
रेस्क्यु फ्लाइट सञ्चालन गर्ने कम्पनीहरूले नक्कली कागजात बनाएर पर्वतारोहण तथा ट्रेकिङका लागि आएका विदेशी पर्यटकसँग करोडौं रूपैयाँ ठगी गरेको खुल्न आएको छ । प्रहरी ब्युरोले आइतबार पत्रकार सम्मेलन गरी नक्कली उद्धार कागजात बनाएर पर्यटक ठगी गर्ने कम्पनीको विवरण सार्वजनिक गरेको हो ।
सीआईबीका अनुसार पक्राउ पर्नेमा माउन्टेन रेस्क्यु सर्भिस प्रालि, नेपाल चार्टर सर्भिस प्रालि र एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिले उद्धारको नाममा ठगी गर्दै आएको प्रहरी अनुसन्धानमा खुलेको थियो । पक्राउ परेका कम्पनीले उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा समस्या तथा बिमारी भएका विदेशी पर्यटकको उद्दार गरेको भन्दै बीमा रकम दाबी गरी गैरकानुनी रूपमा रकम अशुली गरेको भेटिएको सीआईबीले जनाएको छ ।
सीआईबीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)डा(मनोज केसीले माउन्टेन रेस्क्यु सर्भिस प्रालिले एक हजार २४८ जनामध्ये १७१ जनाको फेक रेस्क्यु गरेको अनुसन्धानबाट खुलेको जानकारी दिनु भयो ।यसरी उक्त कम्पनीले १० करोड भन्दा बढी अमेरिकी डलर बीमा दाबी गरेको पाइएको हो।
यस्तै, नेपाल चार्टर सर्भिस प्रालिले ४७१ जना रेस्क्यु गर्दा ७५ जनाको फेक रेस्क्यु गरेको भन्दै उक्त कम्पनीले ८२ लाख डलर माग दाबी गरेको, एभरेस्ट एक्सपिरियन्स एन्ड एसिस्टेन्स प्रालिले ६०१ जनामध्ये ७१ पर्यटकको रेस्क्यु गरेको भनी उक्त कम्पनीले ११ लाख ५३ हजार अमेरिकी डलर माग दाबी गरेको ब्युरोले जनाएको छ ।
यसरी उक्त कम्पनीहरूले नक्कली कागजात बनाएर पर्वतारोहण तथा ट्रेकिङका लागि आएका विदेशी पर्यटकसँग करोडौं रूपैयाँ ठगी गरेको खुलेको हो । फेक रेस्क्युको उजुरी अझै आइरहेको ब्युरोका एआईजी केसीले बताउनु भयो ।
‘विशेषगरी उच्च हिमाली क्षेत्रमा पर्वतारोहण तथा ट्रेकिङका लागी आउने विदेशी पर्यटकको उद्धार र उपचारको आवरणमा गैरकारोबार भएकाबारे उजुरी र विभिन्न सञ्चारमाध्यममा समचार आएकाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान सुरु गरेका थियौँ,’
एआईजी केसीले भन्नुु भयो, ‘साढे दुई महिनाको अनुसन्धान गर्दा फेक रेस्क्युबारे धेरै पाटा खुलेको छन् । फेक रेस्क्युमा संलग्न ६ जना पक्राउ गरेका छौं थप अनुसन्धान जारी छ ।’
फेक रेस्क्युमा संलग्न विभिन्न ट्राभल कम्पनीका ६ सञ्चालकका मालिकहरु माउन्टेन रेस्क्युका सञ्चालक तथा अध्यक्ष जयराम रिमाल र प्रबन्धक विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका सञ्चालक तथा अध्यक्ष रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया छन् ।
यस्तै, एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्डे र प्रबन्धक सुभाष केसी रहेका छन् । पक्राउ परेकाहरुमाथि राष्ट्रहितविरुद्धको कसुर, आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान जारी रहेको रहेको सीआईबीले े जनाएको छ।







प्रतिक्रिया दिनुहोस