आज: २०८२ माघ १७, शनिबार | Sat, 31, Jan, 2026

अमेरिकामा भीषण आँधीका कारण जनजिवन अस्तवेस्त

२०८२ माघ १२, सोमबार मा प्रकाशित ( ५ दिन अघि) १५८२ पटक पढिएको
नारी बाटिका


समचार एजेन्सी ।

अमेरिकामा फैलिएको भीषण आँधीका कारण जनजिवन अस्तवेस्त भएको छ । केही दिनदृखी अमेरिकामा भएको भिषण हिमपात र आँधिका कारण देशभरि ११ हजार ४ सयभन्दा बढी हवाई उडानसमेत रद्द भएका छन्। हिमपात, बरफ जम्ने अवस्था र चिसो वर्षाले यात्रामा गम्भीर समस्या पारेको हो।

अमेरिकास्थित राष्ट्रिय मौसम सेवाका अनुसार दक्षिणी पहाडी क्षेत्रदेखि उत्तरपूर्वी भूभागसम्म फैलिएको आँधीले करिब १८ करोड मानिसलाई असर पार्ने सम्भावना रहेको चेतावनी दिएको छ। वाशिङ्टनदेखि न्यूयोर्क र बोस्टनसम्म ३० देखि ६० सेन्टिमिटरसम्म हिउँ पर्ने अनुमान छ।

बरफ जमेर सडकहरु अवरुद्ध भएका छ् भने आइतबार मात्रै हजारौँ उडान रद्द भएका छन् । यो महामारीपछिको सबैभन्दा ठूलो अवरोध मानिएको अवस्था छ।

चिसो र आँधिले फिलाडेल्फियामा ९४ प्रतिशत, ला गार्डियामा ९१ प्रतिशत र जे एफ के अन्तर्राष्ट्रिय विमानस्थलमा करिब ८० प्रतिशत उडान रद्द भएको स्थानी समचार माध्यमले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस