आज: २०८२ माघ १७, शनिबार | Sat, 31, Jan, 2026

मुख्य निर्वाचन कार्यलयद्वारा आशन्न निर्वाचन आचारसहिता सम्वन्धी अन्तर्रकृया

२०८२ माघ १२, सोमबार मा प्रकाशित ( ५ दिन अघि) १७६८ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका संवाददाता
धादिङ- १२  माघ ।

धादिङको मुख्य निर्वाचन कार्यलयद्वारा आशन्न निर्वाचन आचारसहिता सम्वन्धी जानकारीका लागी पत्रकार सम्मेलन सम्पन्न गरेको छ ।  

मुख्य निर्वाचन कार्यलयले फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पत्रकार तथा संन्चारमाध्यहरुको भुमिका कस्तो रहने भन्ने बारेमा निर्वाचन आचारसंहिता ०८२ को सम्वन्धमा पत्रकारहरुसंग छलफल गरेको हो। धादिङ जिल्लाका मुख्य निर्वाचन अधिकृत एव्ं माननीय जिल्ला न्यायधीश रामप्रशाद शर्माको अध्यक्षतामा तथा मुख्य निर्वाचन कार्यलयमा शोमबार भएको पत्रकार भेटघाट कार्यक्रममा माननीय जिल्ला न्यायधीश एव्ं मुख्य निर्वाचन अधिकृत शर्माले पत्रकारहरुले पालना गर्नु पर्ने आचारसंहिताको बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो । उहाँले निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न संन्चारमाध्यमको विशेष भुमिका रहने भएकोले निर्वाचन आचारसंहिता–२०८२ जारी गरिएको सम्वन्धमा संन्चारकर्मीले कुनै पनि उम्मेद्वारको पक्ष विपक्षमा नभई स्वतन्त्र र निष्पक्ष रुपमा समचार संकलन,प्रकाशन र प्रशारण गर्न आग्रह गर्नु भयो ।        निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले जारी गरिएको यस आचारसंहिता अनुसार देशभरमा लागु भएको हो। आचारसंहितामा १० वटा परिच्छेद र पाँच वटा अनुसूची छन्। यो आचारसंहिता जारी भएसँगै यससंग सम्वन्धित सम्पुर्णले पालना गर्नु पर्ने कानुनी मान्यता रहन्छ ।आचारसंहिता उल्लङ्घन गर्नेको नाम सार्वजनिक गरिने, विद्युतीय माध्यम वा सूचना प्रविधिको उपयोग गर्न सकिने व्यवस्था गरिएको छ। आचारसंहितामा राजनितिक दलहरुले निर्वाचन घोषणापत्र सार्वजनिक गरिनु पर्ने पनि व्यवस्था गरिएको छ।  आगामी फागुन २१ को निर्वाचन सम्वन्धमा निर्वाचन सुरक्षा व्यवस्थापन सम्वन्धि जानकारी दिनु हुंदै धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी विजय राज सुवेदीले मतदानका दिन कुनै पनि डर,त्रास र भएरहित हिसाबले नागरिकले मतदानमा भाग लिन सकिने बताउनु भयो ।यस्तै जिल्ला प्रहरी कार्यलयका प्रमुख तथा प्रहरी उपरिक्षक सुवोध खड्काले निर्वाचन सम्वन्धमा उचित रुपमा सुरक्षा व्यवस्थापन गरिएको जानकारी दिनु भएको छ ।

साथै प्रहरी उपरिक्षक खड्काले समाजमा कुनै कुनै पनि गलत र भ्रामक सुचना आएमा सम्वन्धित निकायमा जानकारी दिन र नागरिकमा सही र यथार्थ समचार प्रशारण गर्न सम्पुर्ण संन्चारकर्मीहरुलाई आग्रह गर्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस