
नारी बाटिका
बिबियु, नारी वाटिका संवाददाता
धादिङ – १३ माघ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले पछिल्लो समय कोशी र मधेस प्रदेशको तराईका केही स्थानमा तुवाँलो लागेको छ । साथै हिमाली क्षेत्रमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बादलसहित केही स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ।
त्यस्तै कर्णाली र सुदूरपश्चिमका केही भूभागमा चट्याङ्ग संगै हल्का वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाको भनाईए छ। आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भुभागमा मध्यम हिमपातको साथमा वर्षा र बाँकी हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
साथै मंगलबार पहाडी भुभागमा मध्यम र तराईका केही स्थानमा हल्का वर्षासँगै चट्याङ्ग पर्न सक्ने महाशाखाले जनाएको छ।








प्रतिक्रिया दिनुहोस