
नारी बाटिका
नारी वाटिका संवाददाता
ओखलढुंगा – १३ माघ ।
ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा वृद्ध दम्पतीको विभत्स हत्या भएको छ । भदौरेको बोहोरे टोलमा बस्ने ८० वर्षीय चन्द्र विक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईको लुटपाट गरी दुवैको हत्या भएको हो ।
ओखलढुंगा प्रहरीका अनुसार उनीहरु दम्पतीको हत्या भएको अवस्थामा शव फेला परेको थियो । निज राई दम्पतीले सानो पसल सञ्चालन गर्दै आएका थिए । सोही लुटपाट गरी दुवैको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाले स्थानीयवासीलाई त्रसित बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीले घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटाउनु भएको छ भने उपरीक्षक केसी आफू पनि घटनास्थलतर्फ जाँदै हुनुहुन्छ ।
उक्त गाउँपालिका कै भदौरे भन्ने गाउँमा एक महिना अघि पनि यसैगरी ६० वर्षीय शोभितमान थापामगर र उनकी पत्नी रत्नमाया थापामगरको हत्या भएको थियो । उक्त घटनामा संलग्न आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरिसकेको अवस्था छ ।
यसरी पटक पटक त्यस क्षेत्रमा वृद्ध दम्पतीको हत्या हुने घटना दोहोरिनुले गाउँको सुरक्षा अवस्थामाथि प्रश्न उठाएको छ । घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ ।








प्रतिक्रिया दिनुहोस