आज: २०८३ श्रावण १४, बिहिबार | Thu, 30, Jul, 2026

पत्रकार महासंघद्वारा नागरिक दैनिकको कार्यलयमा तालाबन्दी

२०८२ माघ १४, बुधबार मा प्रकाशित ( ६ महिना अघि) ४९३० पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका संवाददाता
धादिङ -१४ माघ ।

नेपाल पत्रकार महासंघले नागरिक दैनिक पत्रिकाको कार्यालयमा तालावन्दी गरेको छ। बुधबार महासंघले २४ घण्टे अल्टिमेटम सुनुवाइ नभएको भन्दै तालाबन्दी गरेको हो।

महासंघले श्रमजिवी पत्रकारको पारिश्रमिक दिलाउन यसअघि पनि विभिन्न चरणमा आन्दोलन गरी ४८ घण्टाको अल्टिमेटम दिएको थियो । तर सो कुराको सुनुवाइ नभएपछि वाध्य भएर तालाबन्दी गरिएको महासंघले जनाएको छ ।

‘नागरिक दैनिकमा कार्यरत कर्मचारीले पारिश्रमिक नपाएको भन्दै नेपाल पत्रकार महासंघमा जानकारी गराएपछी पिडितका पक्षमा सहयोग गर्न महासंघद्वारा नागरिक दैनिकको कार्यालयमा तालबन्दी गरिएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस