
नारी बाटिका
नारी वाटिका संवाददाता
तनहुँ – १७ माघ ।
आबुँखैरेनी गाउँपालिका–१ सत्र सयको पृथ्वीराजमार्गमा इभि माइक्रो दुर्घटना हुँदा छ जना घाइते भएका छन् । सुक्रबार साँझ काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बा.प्र०१–००२ज ८५१८ नम्बरको माइक्रो अनियन्त्रित भई डिभाइडरमा ठोक्किर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी उक्त माइक्रोमा सवार १२ जनामध्ये छ जना घाइते भएका छन् भने घाइते भएकामध्ये चार जना मध्यम र दुई जनाको अवस्था गम्भीर रहेको र अन्य छ जना भने सामान्य अवस्थामा रहेको इलाका प्रहरी कार्यालय आबुँखैरेनीले जनाएको छ ।
दुर्घटनाबाट गम्भीर घाइते हुनेमा इभी चालक काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका हर्कपुर निवासी अन्दाजी २३ वर्षीय मनिष कुँवर र कास्की पोखरा महानगरपालिका चमेरे गुफा निवासी २१ वर्षीया अन्जली पुन रहेका छन् । गम्भीर अवस्थाका दुवै जनालाई प्रारम्भिक उपचारपछि पुरानो मेडिकल कलेज भरतपुर चितवनमा लगिएको छ ।
त्यस्तै अन्य घाइते हुनेहरू रौतहट माधवनारायण नगरपालिका–१ का १९ वर्षीय धिरज यादव, काठमाडौँ महानगरपालिका अनामनगर का २० वर्षीय आदर्श सुनार, मकवानपुर थाहा नगरपालिका–९ का २३ वर्षीय राज बलामी (सहचालक) र पाँचथर हिलीहाङ गाउँपालिका–३ का २० वर्षीया इच्छा लिम्बू रहेको प्रहरीले ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस