आज: २०८२ चैत्र २७, शुक्रबार | Fri, 10, Apr, 2026

बालेन्द्र साहको चुनावी प्रचारमा हिडेका पत्रकार दिनेश सिटौलाको निधन

२०८२ माघ १९, सोमबार मा प्रकाशित ( २ महिना अघि) २६६७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
धादिङ -१९ माघ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग चुनावी प्रचारमा हिडेका पत्रकार दिनेश सिटौलाको निधन भएको छ। रास्वपा नेता बालेन शाहको चुनावी प्रचारमा हिँड्ने क्रममा अछाममा बेहोस भई ढलेका थिए ।

अस्पतालका अनुसार ब्रेन ह्यामरेजका कारण सिटौलाको आइतबार १२ ः ४५ मा उपचारको क्रममा मृत्यु भएको हो। परिवारका सदस्यको आग्रह अनुसार उनको शव पोस्टमार्टमका लागि आईबार अबेरसम्म त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याइएको थियो ।

पोस्टमार्टमपछि उनको शव चलचित्र विकास बोर्ड परिसरमा लगेर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो भने अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको हो।

बालेन शाहको चुनावी प्रचारमा गएका सिटौलाको गत शुक्रबार बिहान बेहोस भएका थिए । उनलाई त्यसै दिन दिउँसो अछामबाट सुर्खेत हुँदै नेपाली सेनाको स्काई ट्रकममा काठमाडौं ल्याएर ग्रान्डी अस्पतालको भेन्टिलेटरमा राखिएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस