आज: २०८३ आश्विन २९, बिहिबार | Thu, 15, Oct, 2026

स्कुल बस र ट्रयाक्टर एक आपसमा ठोक्किएर १० जना विद्यार्थी घाइते

२०८२ माघ २०, मंगलबार मा प्रकाशित ( ८ महिना अघि) ५५८१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
रूपन्देही २० माघ ।

रूपन्देहीको ओमसतिया गाउँपालिका ४ वसन्तपुरस्थित आज बिहानै स्कुल बस र ट्रयाक्टर ठोक्किएर दुर्घटना हुंदा १० जना विद्यार्थी बालबालिकाहरु घाइते भएका छन्।

मणिग्रामस्थित शान्ति नमुना माविद्वारा संन्चालित लु १ ख ८६७५ नम्बरको बस र लु ३ त ३५३० नम्बरको ट्रयाक्टर आज बिहान करिव साढे ६ बजेतिर एक आपसमा ठोक्किएको थियो । उक्त स्कुल बस परासीतर्फबाट विद्यार्थी लिएर फर्किँदै गरेको अवस्थामा दुर्घटनामा परेको हो ।

घाइतेहरू स्थानीय अस्पतालमा उपचार गरी डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑