आज: २०८२ माघ २१, बुधबार | Wed, 04, Feb, 2026

धादिङमा २७ सय महिलाको पाठेघर क्यान्सर विरुद्धको एचपिभि खोप लगाइने

२०८२ माघ २०, मंगलबार मा प्रकाशित ( १ दिन अघि) १७०६ पटक पढिएको
नारी बाटिका


बिबियु ,नारी वाटिका संवाददाता

धादिङ -२० माघ ।

स्वास्य कार्यलय धादिङले महिलाको पाठेघरको क्यान्सर विरुद्धको २७ सय ३३ महिलालाई एचपिभि खोप लगाइने भएको छ ।

यसैगरी दोश्रो वर्षमा २ हजार ७ सय ३३ जनालाई एचपिभि खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख तथा जिल्ला पूर्ण खोप समन्वय समितिका सदस्यसचिव अर्जुन पौडेलले जानकारी दिनु भयो । धादिङ जिल्लामा यस एचपिभि खोप अभियान यही माघ २७ देखि २९ गतेसम्म संचालन हुने भएको छ । विशेषगरी किशोरीहरु,विद्यालय बाहिर रहेका र १० वर्ष पुरा भएका ११ वर्षमुनिका किशोरीहरुलाई खोप लगाइने छ । यस खोप अभियानका लागि तयारी भइरहेको कार्यालयका प्रमुख पौडेलले बताउनु भयो । पौडेलका अनुसार खोप सामाग्री जिल्लामा आईसकेको र वितरण कार्यसमेत थालिएको छ । खोप लगाउनका लागी २ सय ५६ खोप केन्द्रबाट १ सय ९८ स्वास्थ्यकर्मी र ४ सय २६ स्वयंसेवक मार्फत खोप दिइने भएको छ ।   यस्तै विद्यालय बाहिर रहेका किश्वरीहरु समेत नछुटुन भन्ने उदेस्यले उनीहरुको खोजि र पहिचान गर्दै पाठेघर मुखको क्यान्सरबाट बचाउने खोप लगाइने योजना रहेको धादिङ जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर पदमराज कैनीले जानकारी दिनु भयो ।

खोप अभियानको क्रममा खोप लगाउन छुटेका किशोरीहरुलाई फागुनमा संचालन हुने नियमित खोप कार्यक्रममा लगाईने छ । यसका साथै सोही अवसरमा नसर्ने रोगको रोकथाम र न्यूनिकरण तथा मानसिक स्वास्थ्य प्रवद्र्धन सम्बन्धी जिल्ला स्तरीय समन्वय समिति बैठक बसी नसर्ने रोगबारे जानकारी गराइएको हो । जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा गाउँपालिका ज्लामूखि गाउँपालिका अध्यक्ष यमनाथ दनै, गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त लामा, नेत्रावती डबजोङ गाउँपालिका अध्यक्ष मेघनाथ रिजाल, नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्मा, गल्छी गाउँपालिका उपाध्यक्ष भाइकाजी तिवारी, सिद्धलेक गाउँपालिका उपाध्यक्ष सबिता अर्यालको उपस्थिति रहेको थियो ।

यसैगरी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, नेपाल पत्रकार महासंघका अध्यक्ष सीतराम अधिकारी लगायत गैसस महासंघ,विभिन्न मिडियाका पत्रकारहरु,संघ संस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । नेपालमा नसर्ने रोगका कारण धेरै व्यक्तिहरुको मृत्यु भइसकेको जानकारी दिँदै धादिङ जिल्लामा गतवर्ष ४ सय १ जना क्यान्सर विरामीको उपचार खर्चका लागि सिफारिस भएको जनस्वास्थ्य कार्यालयका प्रमुख पौडेलले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस