आज: २०८२ माघ २१, बुधबार | Wed, 04, Feb, 2026

काँग्रेसका उम्मेदवार धमलाको मतदाता भेटघाट कार्यक्रम आजबाट

२०८२ माघ २१, बुधबार मा प्रकाशित ( १६ घण्टा अघि) २०४७ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ  -२१ माघ ।

नेपाली कांग्रेस धादिङ क्षेत्र नम्बर २ का उम्मेदवार रमेशप्रसाद धमलाले मतदाताको घर दैलोमा गएर भेटघाट गर्ने भएका छन् । धमलाले आफ्ना मतदाताको घर घर मै पुगेर आफ्नो प्रतिवद्धता व्यक्त गर्न लाग्नु भएको हो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार धमलाले मतदाता भेटघाटको सुरुवात ज्वालामुखी गाउँपालिकाबाट सुरु गर्ने नेपाली कांग्रेस धादिङका सहसचिव तथा निर्वाचन प्रचार प्रसार समितिका संयोजक नवराज तिमल्सिनाले जानकारी दिनु भयो ।

समितिका संयोजक तिमल्सिनाका अनुसार नेपाली कांग्रेस धादिङ क्षेत्र नम्बर २ का उम्मेदवारलाई सबै पालिका र पालिकाभित्रका ५१ वटै वडाको टोलवस्तीमा पुर्याउने योजना सहित मतदाता भेटघाटको कार्यतालिका बनाइसकेको र सोही तालिका अनुसार भेटघाट कार्यक्रम अगाडि बढाइने बताउनु भयो ।

काँग्रेसको हालै सम्पन्न विशेष महाधिवेशनबाट नयाँ पुस्ताहरुलाई समेटेर पार्टीको विभिन्न पद तथा आगमी फागुन २१ को निर्वाचनमा युवा पुस्तालाई विशेष रुपमा समेटेको नेपाली काँग्रेसले ‘बदल्यौं काँग्रेस, बदल्छौं देश “भन्ने मुल नारा लिएर देशभरको निर्वाचनमा पार्टीको वहुमत आउने गरी चुनावमा होमिएको अवस्था छ ।

सोही अनुसार धादिङ जिल्लामा पनि दुवै क्षेत्रमा काँग्रेसले आफ्नो उम्मेदवार र पार्टीको जितका निमित्त विभिन्न समिति बनाएको र सबै समितिले आफ्नो कार्यक्रम अगाडि बढाइसकेको काँग्रेस चुनावी प्रचार प्रशार समितिले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस