आज: २०८२ माघ २५, आईतबार | Sun, 08, Feb, 2026

बैतडीमा जन्ती बोकेको बस दुर्घटना, आठको मृत्यु,४५ घाईते

२०८२ माघ २३, शुक्रबार मा प्रकाशित ( २ दिन अघि) १२७२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

बैतडी – २३  माघ ।

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । साथै ४५ जना घाईते भएका छन् ।

बिहेबाट बैतडीको पुर्चौडी नगरपालिका ७ भवनेबाट बझाङतर्फ फर्किरहेको पवनदुत यातायातको सुप प्र ०२ ००१ ख १११९ नम्बरको जन्ती बोकेको बस बैतडी जिल्लाको पुर्चौडी ७ बडगाउँ मोडमा गए राति ८ बजेतिर दुर्घटनामा परेको हो।

दुर्घटनामा परी मृत्यु हुनेमा एक महिला र सात पुरूष रहेका छन् भने मृत्यक सबैको सनाखत भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिनु भयो।

मृत्यु हुनेमा बझाङको बित्थडचिर गाउँपालिका ७ का ४० वर्षीय केशवराज जोशी, सोही ठाउँका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी,४१ वर्षीय विसनदत्त जोशी, बझाङ केदारस्यू गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका बझाङका ४० वर्षीय वसन्तराज रतला, बैतडी पुर्चौडी ७ कि पुष्पा अवस्थी रहेको प्रहरीले जनाएको छ।

साथै दुर्घटनामा घाइते भएका ४५ जनाको उद्धार गरी स्थानीय स्वास्थ्यचौकी पठाइएको प्रहरीले जनाएको छ । घाइते हुनेमा २७ पुरूष र १८ महिला रहेका छन्। घाइतेहरूको उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाहरु खटिएका थिए।

दुर्घटनाग्रस्त बस सडकबाट करिब २०० मिटर तल खसेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस