आज: २०८२ चैत्र २७, शुक्रबार | Fri, 10, Apr, 2026

आचारसंहितालाई प्रभावकारी बनाउन केन्द्रीय सुरक्षा समितिको अनुगमन

२०८२ माघ २४, शनिबार मा प्रकाशित ( २ महिना अघि) २१०९ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ २४ माघ ।

आसन्न फागुन २१ को निर्वाचन आचारसहितालाई प्रभावकारी बनाउन केन्द्रीय सुरक्षा समितिले जिल्लास्तरमा अनुगमनलाई प्रभावकारी बनाउने भएको छ।

सुक्रबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी सम्पर्क हुने बैकल्पिक व्यवस्था गर्ने भएको छ ।

त्यस्तै निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने खालको मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी समेत गर्ने निर्णय गरेको छ।

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय रूपमा सम्पन्न गर्ने विषयमा बैठक केन्द्रीत रहेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनु भयो ।

उक्त बैठकले निर्वाचन आचारसंहिताको उल्लंघन गरी मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्ने, निर्वाचन सम्बन्धी सही,भरपर्दो सूचनामा सर्वसाधारणको पहुँच पुर्याउन र सामाजिक सञ्जालको दुरूपयोग रोक्न नेपाल प्रहरीको विशेष संयन्त्रलाई सशक्त्त बनाइने भएको छ।

त्यसैगरी निर्वाचन विरोधी गतिविधिलाई नियन्त्रण गरी कानुनी दायरामा ल्याउने, पेट्रोलियम पदार्थको खुला खरिद बिक्री एवम दुरूपयोगलाई नियन्त्रण गर्ने विषयमा निर्णय भएको मन्त्रालयले जनाएको छ ।

यसका साथै निर्वाचनमा सुरक्षाकर्मीको परिचालन तथा उम्मेदवारको सुरक्षा व्यवस्थापन लगायतका विषयमा छलफल भएको प्रवक्ता काफ्लेले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस