आज: २०८२ चैत्र २७, शुक्रबार | Fri, 10, Apr, 2026

सप्तरीमा वनभोज खान गएका चार बालकहरु विस्फोटमा परी घाइते

२०८२ माघ २४, शनिबार मा प्रकाशित ( २ महिना अघि) २४८१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

सप्तरी -२४ माघ ।

सप्तरीमा वनभोज खान गएका चार बालकहरु विस्फोटमा परी घाइते भएका छन् । आज सप्तरीको रुपनी गाउँपालिका–६, दुधैला खोलामा वनभोज खान गएका बालकहरुले भेटेका शङ्कास्पद वस्तु विस्फोट भएपछी उनीहरु घाइते भएका हुन्।

शनिबार वनभोज खान भनेर त्यस ठाउँमा पुगेका बालकहरुले नजिकैको खोलामा खेलौनाजस्तो वस्तु देखेपछी त्यसलाई टिपेर खाना बनाउँदै गरेको चुल्हो नजिकै ल्याएर राखेका थिए । सोही शङ्कास्पद वस्तु अचानक विस्फोट भएर चार बालकहरु घाईते भएका प्रहरीले जनाएको छ।

त्यही विष्फोटको छर्रा लागेर उनीहरू घाइते भएका हुन्। घाइते हुनेमा रुपनी गाउँपालिका–६ का ११ वर्षीय साहस मगर, ९ वर्षीय प्राशिस थापा मगर, १६ वर्षीय कविर थापा मगर र १३ वर्षीय सुरज विक रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार उक्त शङ्कास्पद वस्तु बम भएको आशंका गरिएको र सो सम्वन्धि अहिले अनुसन्धान भइरहेको जानकारी दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस