
नारी बाटिका
बिबियु, नारी वाटिका संवाददाता
धादिङ -२५ माघ ।
सरकारले आसन्न फागुन २१ मा हुने निर्वाचनमा ड्रोन क्यामराको प्रयोगमा प्रतिबन्ध लगाएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले सरकारले आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोन क्यमराको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको जानकारी दिनु भयो ।
त्यस्तै हाल सामाजिक सञ्जालको बढ्दो दुरुपयोगलाई रोक्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अत्याधुनिक युनिटलाई थप प्रभावकारी बनाइने बताउनु भयो । यससंगै निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी मिथ्या तथा भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्नको लागी पनि टोलीले काम गरिरहेको बताउनु भयो।
मन्त्रालयले सामाजिक सञ्जालको प्रयोग गर्दा ध्यान दिनर्,ै मिथ्या र भ्रमपूर्ण तथा कसैलाई लाञ्छना लगाउने जस्ता सूचना नराख्न अनुरोध गर्दै त्यस्ता गतिविधि गरेमा कारबाही हुने जानकारी गराएको छ।
त्यसैगरी निर्वाचनविरोधी गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्रले चुस्त निगरानी गरिरहेको छ भने निर्वाचन प्रहरीको बिमा गर्ने र सञ्चार सम्पर्क नहुने मतदान स्थलको पहिचान गरी उचित प्रबन्ध मिलाउने तयारी भइरहेको बताइएको छ।








प्रतिक्रिया दिनुहोस