आज: २०८२ माघ २५, आईतबार | Sun, 08, Feb, 2026

धादिङमा दुई बस ठोक्किँदा १ जनाको मृत्यु, २ जना घाइते

२०८२ माघ २५, आईतबार मा प्रकाशित ( २ घण्टा अघि) १०५५ पटक पढिएको
नारी बाटिका


ª

बिबियु, नारी वाटिका संवाददाता

धादिङ २५ माघ ।

धादिङ जिल्लाको थाक्रे गा पा को दश किलोमा भएको बस दुर्घटनामा परी एक जनाको मृत्युु भएको छ भने दुई जना घाइते भएका छन्। आईतबार उक्त स्थानमा यात्रुवाहक दुई बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आज बिहान करिब ७ः३० बजे काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०२–००६ ख २५५५ नम्बरको बस र काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको बा(प्र.०२–००६ ख ४५०६ नम्बरको बस एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा परी मृत्यु हुनेमा थाक्रे गाउँपालिका–८ घर भई सोही स्थानमा पसल सञ्चालन गरी बस्ने ४५ वर्षीय खोभश शामी गम्भीर घाइते भएका थिए। दुर्घटनामा परी गम्भीर अवस्थाका शर्माको काठमाडौस्थित राष्ट्रिय ट्रमा सेन्टर तथा बी एन्ड बी अस्पताल, ललितपुर लगिएको भएता पनि उपचारकै क्रममा मृत्यु भएको हो।

साथै सोही दुर्घटनामा सोही पसलमा रहेका अन्य दुई जना पनि घाइते भएका छन्। हाल उनीहरूको बी एन्ड बी अस्पताल ललितपुरमा उपचार भइरहेको छ भने उनीहरु दुबैको अवस्था मध्यम रहेको बताईएको छ।

दुर्घटनाको मुख्य कारण काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको बस चालकले आफुनो बसको ढोका राम्ररी बन्द नगरी तीव्र गतिमा चलाउँदा उक्त बस दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

दुर्घटनापछि पृथ्वीराजमार्गमा तनाव भएता पनि केही समयपछी सुचारु रुपमा यातायत सन्चालन भएको थियो । दुर्घटनामा संलग्न दुवै बसका चालकहरु प्रहरीको नियन्त्रणमा रहेका छन्

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस