आज: २०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

एआईको दुरुपयोग रोक्न नेपाल प्रहरीले छुट्टै सेल गठन गर्ने तयारी

२०८२ माघ २६, सोमबार मा प्रकाशित ( २ घण्टा अघि) ९६२ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका संवाददाता

धादिङ  -२६ माघ ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले एआई तथा एडभान्स एनालेटिक सेल गठन गर्ने तयारी गरिएको बताउनु भएकोछ। पछिल्लो समयमा समाजमा देखिएको सूचना प्रविधिको दुरुपयोग गरी सामाजिम संन्जालमा झुटा सामग्रीहरु प्रशारण गर्ने कार्य तिब्रगतिमा बढीरहेको छ ।

तथ्यहिन र भ्रामक गतिविधिलाई निगरानी गरी कानुनी कारवाहिका लागि नेपाल प्रहरीले सो सेवा गठन गर्न लागेको उहाँको भनाई छ । सोमवार आयोजित अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक एक कार्यक्रममा बोल्दै उहाँले छिटो सूचना दिने प्रतिस्पर्धा र होडबाजीका कारण मुलुकमा झुटा र गलत समाचारले बढवा पाइरहनु चिन्ताको विषय भएको बताउनु भयो ।

उहाँले भन्नु भयो राष्ट्रिय सुरक्षाको मर्मलाई सञचार कर्मीहरुले आफ्नो धर्मको रुपमा आत्मासात गर्न जरुरी रहेको बताउनु भयो । उहाँले ,‘आजको डिजिटल युगमा सबभन्दा छिटो सूचना दिने प्रतिस्पर्धा र होडबाजीका कारण मिस इन्फरमेशन तथा एआईको दुरुपयोग तथा डिजिटल म्यानुपुलेशनबाट सृर्जित झुटा सामग्रीले बढवा पाइरहनुले सबैको साझा चिन्ताको विषय हो ।

साथै महानिरीक्षक कार्कीले अपराध अनुसन्धानमा नकारात्मक प्रभाव पर्ने खालको समाचार सम्प्रेषण तथा सामाग्री प्रशारण हुन नदिने कुरामा पनि सञ्चार माध्यमहरुले सचेत भएर काम गर्नु पर्ने बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस