आज: २०८२ माघ २७, मंगलबार | Tue, 10, Feb, 2026

जुम्लामा २२ सयको नक्कली विवरण बनाई चालक अनुमति पत्र विवरण

२०८२ माघ २७, मंगलबार मा प्रकाशित ( ३ घण्टा अघि) ६८३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

जुम्ला २७ माघ ।

यातायात व्यवस्था कार्यालय जुम्लाले तीन दिनमा २२ सय जनाको परीक्षा गरिएको नक्कली विवरण तयार गरी ड्राईभिङ लाईसेन्स वितरण गरिएको भेटिएको छ । विदेशमा रहेका र अनुत्तीर्ण भएकालाई समेत लाइसेन्स वितरण गरिएको पाइएपछी यातायात कार्यलयका तत्कालीन कार्यलय प्रमुखसहित तीन जनाविरुद्ध भ्रष्टचारको मुद्दा दायर गरिएको हो ।

यसरी लाइसेन्स लिनेहरूमध्ये २२ सय ६ परीक्षार्थीको प्रयोगात्मक परीक्षा गरिएको नक्कली विवरण तयार पारी फर्जी काम गरेको थियो । साथै सोही यातायात कार्यालयले विदेशमा बसेका र फेल भएकालाईसमेत लाइसेन्स दिएको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमति पत्र (लाइसेन्स(मा अनियमितता गरेको आरोपमा यातायात व्यवस्था कार्यालय जुम्लाका तत्कालीन निमित्त प्रमुखसहित तीन जनामाथी अनुसन्धानपछी तीन दिनमा २२ सय ६ परीक्षार्थीको परीक्षा गराएको भन्ने नक्कली विवरणसमेत बनाएको खुलासा भएको हो ।

घटना २०७५ सालको असोज १८, १९ र २० गते गरी तीन दिनमा सञ्चालन गरिएको वर्ग ‘ए’ र ‘के’ को प्रयोगात्मक परीक्षामा २२ सय ६ जनाले परीक्षा दिएको अभिलेख तयार गरेको पाइएको थियो ।

तर सोही कार्यालयले गत २०८१ मा अख्तियारलाई लेखेको पत्रमा दैनिक न्यूनतम २ सयदेखि अधिकतम २ सय ५० जनाको मात्रै परीक्षा लिन सक्ने क्षमता छ भनेर पत्र पठाएको थियो ।

उक्त कार्यलयले तयार गरेको अभिलेख र अख्तियारलाई लेखेको पत्रमा तीन दिनमा २२ सयको परीक्षा लिइएको भन्ने विवरण अस्वाभाविक देखिएको थियो ।

यसका आधारमा अख्तियारले गरेको छानबिनपछी जुम्ला कार्यालयले ठूलो अनियमितता गरेको पाइएपछी उनीहरुविरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस