आज: २०८२ माघ २८, बुधबार | Wed, 11, Feb, 2026

क्यानडाको एक विद्यालयमा गोली चल्दा १० जनाको मृत्यु, २५ घाइते

२०८२ माघ २८, बुधबार मा प्रकाशित ( ३ घण्टा अघि) ९६२ पटक पढिएको
नारी बाटिका


समचार एजेन्सी ।

क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तकोमा पर्ने टम्बलरस्थित एक विद्यालयमा अन्धाधुन्ध गोली चल्दा १० जनाको मृत्यु भएको छ।

मंगलबार भएको गोली प्रहारबाट २५ जना घाइते भएका छन्। तर घाईते तथा मृतकमध्यमा कोही विद्यार्थी परेका छन् या छैनन् भन्ने कुरा अझै एकिन भएको छैन। उक्त प्रहारको घटनापछि स्कुल बन्द गरिएको स्थानीय संन्चार माध्यमले जनाएका छन्।

स्थानीय विधायक ल्यारी न्युफेल्डले घटनाको जानकारी गराउँदै भनेका छन्, ‘स्थिति नियन्त्रण गर्न ठुलो संख्यामा सुरक्षाकर्मी र एम्बुलेन्ससहिताका टोली घटनास्थलमा पठाइएको छ।’

उनका अनुसार आफ्ना प्रियजन खोज्न बाहिर निस्केका मानिसहरूलाई घर फर्कन र सुरक्षित रहन सरकारले अपिल गरेको छ। संन्चार एसेन्सीका अनुसार,घटना भएको टम्बलर रिज माध्यमिक विद्यालयमा कक्षा ७ देखि १२ सम्मका १७५ विद्यार्थीहरू अध्यनरत छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस