
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ- २८ माघ ।
सरकारले आगमी फागुन २१ को प्रतिनिधीसभा सदस्य निर्वाचनका लागी भर्ना गरिएका म्यादी(‘निर्वाचन) प्रहरीलाई’ आजैदेखि फिल्डमा खटाइने भएको छ । उनीहरुको छनौटपछी निर्वाचनको सुरक्षा सम्वन्धमा १० दिने क्षमता विकास तालिम दिएर आजैदेखी फिल्डमा खटाइन लागिएको हो ।
मतदान स्थलमा सबैभन्दा अग्रपन्तिमा राखिने निर्वाचन प्रहरी एक लाख ४९ हजार ‘निर्वाचन प्रहरी’ अर्थात् म्यादी प्रहरी अब नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा टोलीसँगै खटिन लागेका हुन् ।
नेपाल प्रहरीले एक लाख ३३ हजार ९ सय ८० र सशस्त्रले १५ हजार १ सय १० निर्वाचन प्रहरीलाई गएको माघ १८ मा नियुक्तिपत्र दिएको थियो ।
प्रतिनिधिसभा सदस्य चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न बनाउन एकीकृत सुरक्षा योजना–२०८२ अनुसार यसअघि गएको २१ गतेदेखि नेपाली सेना परिचालन भैसकेको छ ।
नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री घेराको सुरक्षा गर्नेछन् । दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ । नेपाली सेनाले भने सुरक्षा घेराको बाहिरी तहमा रही सुरक्षाको जिम्मेवारी सम्हाल्नेछ ।








प्रतिक्रिया दिनुहोस