
नारी बाटिका
नारी वाटिका संवाददाता
पर्सा २ फागुन ।
वीरगञ्जको अवैध गोदाममा छापा मार्न गएका सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने छ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले वीरगञ्जको आर्दशनगरस्थित मदन गुप्ताको अवैध गोदाममा छापा मार्ने क्रममा स्थानीय व्यापारी समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते र प्रहरीका दुई सवारीसाधनमाथीसमेत आक्रमण गरी क्षति पुर्याएका थिए ।
पर्सा प्रहरी कार्यालयका प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार आक्रमण गर्ने छ जनालाई पक्राउ गरेर ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रोसम्बन्धी कसुरमा कारवाही चलाइएको र उनीहरुमाथी थप अनुसन्धान भइरहेको जानकारी दिनु भयो।
पक्राउ पर्नेमा वीरगञ्ज महानगर–१० घडीअर्वाका प्रमोदकुमार कानु, सोही ठाउँका कुञ्जन सर्राफ, वीरगञ्ज–१ छपकैयाका दिपराजसहनी मलाह, विन्दवासिनी गाउँपालिका–५ का श्रीचन्द्रप्रसाद साह र भारत विहार राज्य घर भएका प्रभु महतो र पृतमकुमार चौधरी रहेका छन्।








प्रतिक्रिया दिनुहोस