आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

जेठाजुले गरे खुकुरी र ढुङ्गा प्रहार गरेर बुहारीको हत्या

२०८२ फागुन ३, आईतबार मा प्रकाशित ( ३ घण्टा अघि) ११४८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

दोलखा ३ फागुन ।

दोलखामा सामान्य विवादको अवस्था सिर्जना हुंदा जेठाजुले बुहारीको हत्या गरेका छन् ।

कालिञ्चोक गाउँपालिका वडा नम्बर– ५ बन्देथलीमा घरायसी सामान्य विवादमा ६८ बर्षिय जेठाजु चन्द्र बहादुर थामीले बुहारी ५१ बर्षिय देउमाया थामीको हत्या गरेको प्रहरीले जनाएको छ ।

शनिवार दिउँसो करिव ४ बजेतिर घरायसी विवादमा जेठाजु चन्द्र बहादुरले आफुनै भाई बुहारी देउमायालाई घरेलु हतियार खुकुरी र ढुङ्गाले टाउकोमा हानेर घट्ना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनु भयो ।

बुहारीको हत्या गरी चन्द्र बहादुर फरार भएका र खोजीका क्रममा प्रहरीले घट्ना स्थल भन्दा ४ किलोमिटर टाढा कालिञ्चोक गाउँपालिका – ६ लेप्टुङको अधेरी खोलाको खोल्साबाट शनिवार साँझ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

साथै प्रहरीले अभियुक्तको साथबाट हत्यामा प्रयोग भएको खुकुरीसमेत बरामद गरिएको जनाएको छ । घट्नाको थप अनुसन्धान भै रहेको प्रहरी कार्यालय दोलखाले जनाएको छ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस