आज: २०८२ चैत्र २७, शुक्रबार | Fri, 10, Apr, 2026

सर्लाहीमा गोली प्रहार गरी इन्जिनियरको हत्या

२०८२ फागुन ४, सोमबार मा प्रकाशित ( १ महिना अघि) २५४३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

सर्लाही  -४ फागुन ।

सर्लाहीमा गोली प्रहार गरी भौतिक पूर्वाधार विकास कार्यालयमा कार्यरत सव–इन्जिनियरको हत्या गरिएको छ । आईतबार ३६ वर्षीय इन्जिनियर प्रमोद यादवमाथि गोली प्रहार गरी हत्या गरिएको हो ।

मलंगवा नगरपालिका–१० स्थित भाडाको कोठामा बस्दै आएका यादवलाई आईतबार बेलुका ८ बजे नचिनेका अज्ञात व्यक्तिले गोली प्रहार गरेको सर्लाही प्रहरीले जानकारी दिएको छ।

छातीमा गोली लागी गम्भीर घाइते भएका यादवको मलंगवा स्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। सिरहा घर भएका यादव श्रीमतीसँगै मलंगवा–१० स्थित भाडाको घरमा बस्दै आएका थिए। उनको शव प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ।

घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस