आज: २०८२ फागुन ४, सोमबार | Mon, 16, Feb, 2026

जेनजी आन्दोलनमा जेलबाट भागेका सातजना कैदी पक्राउ

२०८२ फागुन ४, सोमबार मा प्रकाशित ( २ घण्टा अघि) ६८३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ  -४ फागुन ।

जेनजी आन्दोलनको क्रममा विभिन्न कारागारबाट फरार भएका सातजना कैदीबन्दीहरु पक्राउ परेका छन् । गत भदौ २४ मा भएको जेनजी आन्दोलनको मौका छोपेर उपत्यका लगायतका कारागारबाट भागेका कैदीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्ने कैदीहरुमा रसुवा जिल्ला उत्तरगयाका ४१ वर्षीय तेन्जिङबहादुर तामाङ, लमजुङको दूधपोखरीका २० वर्षीय प्रितम गुरुङ, कञ्चनपुरको पुनर्वासका २३ वर्षीया बविता तामाङ, काभ्रेपलाञ्चोकको ठाँटीपोखरीका २२ वर्षीय विक्रम नेपाली, दोलखाको मेलुङका भुवन तामाङ, सिन्धुलीको फिक्कलका भुवन तामाङ र भारतीय नागरिक रोशन साह रहेका प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनु भयो ।

उनीहरु विभिन्न कसुर सम्वन्धी मुद्दामा कैद सजायँ भोगिरहेका सातै जनालाई सम्बन्धित कारागारमा पठाइएको प्रवक्ता भट्टराईले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस