आज: २०८२ चैत्र २७, शुक्रबार | Fri, 10, Apr, 2026

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

२०८२ फागुन ५, मंगलबार मा प्रकाशित ( १ महिना अघि) २२०२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ – ५ फागुन ।

नेपाली बजारमा आज आंशिक रुपमा सुनको मूल्यमा घटेको छ । तर चाँदीको मुल्य भने केही बढेको छ। मंगलबार सुन तोलामा रु ९०० ले घटेको हो । चाँदी म्ल्य भने तोलामा रु २५ ले बढेको छ।

घटेको पछिल्ला मुल्य अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख एक हजार ९०० तथा एक तोला चाँदीको मोल रु चार हजार ८८५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

हिजो सोमबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख दुई हजार ८०० तथा एक तोला चाँदीको मोल रु चार हजार ८६० मा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९७० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस