आज: २०८२ फागुन १०, आईतबार | Sun, 22, Feb, 2026

प्रधानमन्त्री कार्कीको निर्वाचनमा झडप र बहिष्कारकर्ताप्रति सतर्क रहन निर्देशन

२०८२ फागुन १०, आईतबार मा प्रकाशित ( ३ घण्टा अघि) ६५२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
काठमाडौँ  -१० फागुन ।

प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा सुरक्षा र शान्ति व्यवस्थापनमा सतर्क रहन मातहतका सुरक्षा समेन्त्रलाई निर्देशन दिनु भएको छ ।
उहाँले एक हप्ताभित्र फागु पूर्णिमा (होली) पर्व आउँदै गरेको र हिमाली क्षेत्र खासगरी रुकुमपूर्वमा सम्भावित हिमपात जस्ता प्राकृतिक समस्याहरू देखा पर्न सक्ने भएकोले चिन्ता व्यक्त गर्नु भएको हो।

त्यस्तै विभिन्न जिल्लामा स्थानीय समस्या रहेको विश्लेषण गर्दै तराई क्षेत्रमा केही राजनीतिक दलहरू बढी सक्रिय रहेको र तिनीहरूबीचको प्रतिष्पर्धा झडपको रूपमा बदलिन सक्ने आशंका रहेको बताउनु भयो ।

चुनावी प्रचार प्रशारका क्रममा विवाद र झण्डा जलाउने जस्ता घटना पनि निर्वाचनको समयमा तनाव बढाउन सक्ने भएकोले देशको सम्पुर्ण सुरक्षा समेन्त्रलाई सतर्कता अपनाउन निर्देशन दिनु भएको हो ।

साथै निर्वाचनको मुखमा आएर चुनाव बहिष्कार गर्ने समूहहरू सक्रिय रहेकोले यस्ता बहिष्कारकर्ताहरूको प्रभावकारिता खासै नभएतापनि कतिपयले निर्वाचन बहिष्कारको नाममा पार्टीको अस्तित्व देखाउने र एक्सटर्सन (चन्दा)पैसा असुली गर्ने प्रवृत्तिे । देखिएको छ ।

उनले कसैले व्यापार वा उद्योग गरेको देखाएर पार्टी चलाउने गरेको पनि उल्लेख गरिन्। यद्यपि, यस्ता गतिविधिप्रति तर्क रहनुपर्नेमा जोड दिइन्

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस