आज: २०८२ फागुन १०, आईतबार | Sun, 22, Feb, 2026

डोटीमा जिप दुर्घटना हुँदा चार जना घाइते

२०८२ फागुन १०, आईतबार मा प्रकाशित ( ३ घण्टा अघि) १०२४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
डोटी  -१० फागुन ।

डोटीमा जिप दुर्घटनामा चार जना घाइते भएका छन्।

आइतबार दिउँसो बोगटान फुड्सिल गाउँपालिका–३ धौलाबस्ती भन्ने स्थानमा सुपप्र ०३ ००१ च ००१४ नं को जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी गराएको हो।

प्रहरीका अनुसार दुर्घटनामा परी बोगटान फुड्सिल गाउँपालिका–३ मेल्टाकी ६६ वर्षीया जुनादेवी साउद र १७ वर्षीया सिता साउद गम्भीर घाइते छन्। उनीहरू दुवै जनाको टाउको, खुट्टा र छातिमा चोट लागेको बताइएको छ।

त्यस्तै घाईते हुनेमा जिप चालक बोगटान फुड्सिल गाउँपालिका–६, पलाडीका २७ वर्षीय तीर्थ बोगटी र वडा नम्बर(३ मेल्टाका १९ वर्षीया शारदा साउद रहेका छन्।

प्रहरीका अनुसार घाइतेहरूलाई उपचारका लागि कैलालीको मायामेट्रो अस्पताल पठाइएको छ। बोगटानबाट दिपायलतर्फ जाँदै गर्दा अर्को गाडीलाई साइड दिने क्रममा जिप ब्याक हुन गई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटनामा परेको हो। थप विवरण आउन बाँकी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस