
नारी बाटिका
धादिङ- १० फागुन ।
जिल्ला निर्वाचन कार्यलय धादिङले आसन्न निर्वाचनको व्यवस्थापन तथा सुरक्षा सम्वन्धमा सञ्चार माध्यम तथा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीको अध्यक्षतामा आइतबार भएको कार्यक्रममा निर्वाचन कार्यालय धादिङले आसन्न फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पुर्ण व्यवस्थापन,तथा सुरक्षा सर्तकता,मतदान केन्द्रमा मतदानका सामाग्रीहरु पठाउन सुरु गरिएको लगायतको विषयमा संन्चारकर्मीहरु बिचमा छलफल तथा विस्तृत जानकारी गराईएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एव् जिल्ला निर्वाचन सुरक्षा संयोजक सुवेदीले आचारसंहिता कडाइका साथ कार्यान्वयन गरिने बताउनु भएको छ । ‘आसन्न निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र मर्यादित रूपमा सम्पन्न गर्न सबै तयारी पुरा भएको बताउनु भयो ।
निर्वाचन आचार संहिता पूर्ण रुपमा पालना गरि निर्वाचन सफल बनाउन सबै लाग्नु पर्छ’ प्र.जि.अ. अधिकारीले भन्नु भयो– ‘राजनीतिक दल, उम्मेदवार, समर्थक तथा सबै सरोकारवालाले आचारसंहिताको पूर्ण पालना गरी निर्वाचनलाई स्वच्छ र भयरहित तवरमा सम्पन्न गर्न ।सञ्चार माध्यमको भूमिका महत्वपूर्ण भूमिका रहन्छ । यो हामी सबैको साझा जिम्मेवारी पनि हो ।’
उहाँले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न जिल्ला प्रशासन, सुरक्षा निकाय र निर्वाचन प्रशासन पूर्ण रूपमा प्रतिवद्ध रहेको बताउनु भयो । सफलता पुर्वक निर्वाचन गराउन सञ्चार माध्यमको भूमिका अत्यन्त महत्वपूर्ण छ । सहकार्य, समन्वय तथा सबैको पहलमा आसन्न निर्वाचनलाई शान्ति सुरक्षा सुव्यवस्था कायम गर्न सबै सुरक्षा निकाय तयारी अवस्थामा रहेको जानकारी दिनु भयो।
निर्वाचन क्षेत्र नं। १ का निर्वाचन अधिकृत एकराज अधिकारीले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै मतदाता नामावली अद्यावधिक, मतदान केन्द्र व्यवस्थापन, सामग्री ढुवानी तथा कर्मचारी व्यवस्थापनका कामहरू योजनावद्ध रूपमा अघि बढिरहेको बताए । आचारसंहिता उल्लंघन भएमा तत्काल जानकारी गराउन सञ्चारकर्मीहरूसँग आग्रह समेत गरेका छन् ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सुमित खड्काले निर्वाचन सुरक्षाका लागि आवश्यक सुरक्षा रणनीति तयार भइसकेको बताए । मतदान अघिदेखि मतगणना सम्पन्न नहुँदासम्म शान्ति–सुरक्षा कायम गर्न सुरक्षाकर्मी परिचालन गरिने छ । आसन्न निर्वाचन शान्तिपूर्ण अवस्थामा सम्पन्न गरिने उहाँको भनाई छ ।
कार्यक्रममा सञ्चारकर्मीहरूको तर्फबाट नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी, पूर्व अध्यक्ष राजाराम शर्मा, कान्तिपुर टेलिभिजनका वरिष्ठ उपसम्पादक पोषनाथ अधिकारी,नारी वाटिका डट्कमकी भगवती उप्रेती,त्रिकोण खबरका रामवहादुर थापा,पत्रकार महासंघका अर्जुन श्रेष्ठ,पैरवी अनलाइनका श्याम मगराती लगायतले निर्वाचनको निष्पक्षता, सूचना प्रवाहको सहजता, पत्रकारको सुरक्षा तथा आचारसंहिता कार्यान्वयनमा समान व्यवहार हुनुपर्ने विषयमा जोड दिएका थिए ।







प्रतिक्रिया दिनुहोस