
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ -११ फागुन ।
धादिङको बेनिघाटमा बस दुर्घटना हुंदा १८ जनाको मृत्यु भएको छ । २४ जना घाइते हुनुभएको छ ।
गए राति साढे एक बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँ पालिका) ५ भैंसिगौडा स्थित पृथ्वी राजमार्गमा पोखराबाट काठमाण्डौतर्फ आउदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशुली नदीको किनारमा खसेर दुर्घटना भएको हो।
दुर्घटनामा परेकाहरुको उद्दारका लागि घटना स्थलमा सशस्त्र प्रहरी बल,विपद् व्यवस्थापन बेश आदमघाटबाट डिएसपी सुनिल गिरीको कमाण्डमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली खटिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार १७ जनाको शव घटना स्थलमा नै मृत्यु भएको हो भने १ जनाको अस्पताल लैजानेक्रममा बाटैमा मृत्यु भएको ईलाका प्रहरी वेनिघाटले जनाएको छ । घाइते २४ जनालाइ उद्दार गरी विभिन्न अस्पताल लगिएको छ। घाइते तथा मृतकको सनाखत हुन बांकी छ। दुर्घटनाको कारण खुलेको छैन। थप विवरण आउन बाँकी







प्रतिक्रिया दिनुहोस