
नारी बाटिका
काठमाडौँ ११ फागुन ।
रास्वपाका नेता तथा कार्यकर्ताले अब गाउँ,टोल बस्ती तथा नागरिकका घर घरमा गई घण्टी बजाउँदै चुनावी प्रचार प्रसार गर्न नपाउने भएका छन्।
निर्वाचन आयोगले चुनाव प्रचार प्रसार गर्ने क्रममा निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्ने नगराउने भन्दै विज्ञप्ति जारी गरेको छ।
यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले रास्वपाले पनि प्रदूषण हुने गरी घण्टी बजाउँदै निर्वाचन आचासंहिता उल्लंघन गरेकोले आयोगमा उजुरी परेको थियो।
धार्मिक कार्य तथा स्थानमा प्रयोग गरिने घण्टीको दुरुपयोग गरी सामाजिक संन्जाल र अनावश्यक ठाउँमा प्रयोग भएकोबारे चर्को आलोचना भएपछि आयोगले रोक लगाउने निर्णय गरेको हो।
राजनीतिक दल वा उम्मेदवारले कपडा, तुल, फ्लेक्स वा कागजमा आफ्ना चुनाव चिह्न छापेर प्रचार गर्न पाइने भएतापनि काठ वा धातुबाट बनाइएका त्यस्ता चिह्न लिएर निर्वाचन प्रचार प्रसार गर्न नपाइने व्यवस्था गरिएको आयोगले जनाएको छ।








प्रतिक्रिया दिनुहोस