आज: २०८२ फागुन ११, सोमबार | Mon, 23, Feb, 2026

गएराति भएको कहाली लाग्दो बस दुर्घटनाको छानबिन गर्न गृहदवारा कार्यदल

२०८२ फागुन ११, सोमबार मा प्रकाशित ( ३ घण्टा अघि) १३९६ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता
धादिङ – ११ फागुन ।

धादिङको त्रिशुली नदीमा गएराति भएको बस दुर्घटनामा परी घटनास्थल मै १७ जनाको ज्यान गएको थियो भने ।अस्पताल लैजानेक्रममा बाटैमा १ जनाको मृत्यु भएको थियो ।

मृर्तकको संख्या बड्दो क्रममा छ भने घटनामा २५ जना घाइते भएका हुन् । आईतबार राति करिब साँडे एक बजेतिर भएको उक्त कहाली लाग्दो बस दुर्घटनाको सत्य तथ्य छानबिन गर्न गृह मन्त्रालयले कार्यदल गठन गरेको हो।

सहसचिवको नेतृत्वमा मन्त्रालयले पाँच सदस्यीय रहेको कार्यदल गठन गरेको छ।

पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशुली नदीको किनारमा खसेर दुर्घटना भएको थियो। सोही बस दुर्घटनामा परी १९ जनाको मृत्यु भईसकेको छ भने २५ जना घाइते भएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस