आज: २०८२ फागुन १२, मंगलबार | Tue, 24, Feb, 2026

धादिङको निर्वाचन क्षेत्र नं.२ मा लोकप्रिय उम्मेद्वारको रुपमा परिचित धमला

२०८२ फागुन १२, मंगलबार मा प्रकाशित ( ३ घण्टा अघि) १६४४ पटक पढिएको
नारी बाटिका


भगवती भण्डारी उपती (बिबियु)
नारी वाटिका संवाददाता

धादिङ -१२ फागुन ।

फागुन २१ मा हुने धादिङको निर्वाचन क्षेत्र नं.२ बाट प्रत्येक्ष तर्फका नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार रमेश धमला मतदाता भेटघाटको लागी उत्तरी धादिङको रुवीभ्याली क्षेत्रमा घरदैलो गरिरहेका छन् ।

आसन्न निर्वाचनमा काँग्रेसको चुनाव चिन्ह रुखमा भोट दिन मतदाताहरुलाई अनुरोध गर्दै धमला आइतबारदेखी धादिङको उत्तरी क्षेत्र रुवीभ्याली गाउँपालिकाका नागरिकहरुको गुनासो,समस्या र सुझाव संकलन गर्ने अभियानमा रहनु भएको हो । धमलासंगै नेपाली काँग्रेस धादिङबाट समानुपातिक उम्मेद्वार सेतेमान तामाङ लगायत जिल्ला स्तरीय नेताहरु पनि सोही अभियानमा सामेल छन् ।

त्यस स्थानका समुदाहरु भन्छन्,रुवीभ्याली गाउँपालिकासंग धमलाको छुट्टै साइनो छ । गाउँपालिकाको नामाकरण गर्ने बेला नेता धमलाले राखेको ‘रुवीभ्याली’ नामले आज आएर यस क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्न सफल भएको बताउँछन् ।

आइतबार लापास्थित ठुलो गाउँ मतदाताहरुसंग भेटघाट र अन्तरक्रिया गरेका धमलाले सोमबार विहान लापाको खाँदिङ पुगेर स्थानीयहरु संग नेपाली काँग्रेसको रुख चिन्हमा आफुनो अमुल्य भोट दिएर मुलुकमा सर्वप्रथम आफ्नै पार्टीबाट सक्षम र भरलाग्दो नेतृत्व परिवर्तन गर्दै प्रतिनिधिसभा निर्वाचनमा होमिएको काँग्रेस पार्टीलाई नै जिताउन लापाका मतदाताहरु संग अनुरोध गर्नु भएको हो ।

घरदैलो कै क्रममा नेता धमलाले साविकको लापा गाविसमा मोटरेवल वाटो आफ्नो पहिलोे प्राथमिकतामा रहने बताएका हुन् । लापा गाउँपालिकाको पहलमा भर्खरैमात्र कच्चीबाटोको ट्याक पुगेकोले उम्मेदवार धमलालाई निर्वाचन जितेर प्रतिनिधिसभाको सदस्यको जिम्मेवारी पाएपछी सोही कच्चीबाटोलाई पिच गरी लापाका जनतालाई सहयोग गर्न पनि अनुरोध गरेका छन् ।

रुवीभ्याली गाउँपालिका भौगोलिक बनावटले गर्दा केही असहज देखिएपनि त्यसैलाई सदुपयोग गर्नसकेमा यही क्षेत्र सवैको गतब्य बन्न सक्ने तर्फ औँल्याउदै धमलाले भने, ‘हामीले यहाँको भुगोल र संरचनालाई चिन्न सकेनौं, सदुपयोग गर्न सकेनौं । यहाँको भुगोल, जीवनस्तर रहनसहन र परम्परालाई देखाएर आकर्षक पर्यटकिय क्षेत्र बनाउने हो भने यो भुगोल स्वर्ग बन्न सक्छ ।’

नेता धमलाले त्यस क्षेत्रको जनताको जीवनस्तर सुधार्न र दैनिक जनजीवन उकास्ने पहिलो आधार सडक र पर्यटन नै भएकाले सडक र पर्यटन केन्द्रित पुर्वाधारको योजना निमार्ण र कार्यान्वयमा आफुले काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

लापाका गाउँ गाउँमा घरदैलो अभियानमा रहेका धमलाले खादिङ हुदै लब्चेत, कब्चेत कपुर गाउँसम्म पैदलयात्रा गरेका छन् । सोमबार साँझ तिप्लिङ पुगेर त्यहाँका मतदातासंग धमलाले भेटघाट गर्नु भएको थियो ।

यस्ता छन् धमलाका उत्तरी धादिङ केन्द्रित विकासका योजनाहरु

१. साँकोष तिप्लिङ ९दामन पाख्रिन० सडकको स्तरउन्नरी, विकास र कालोपत्रेमा पहल गर्ने ।

२. उत्तरी धादिङमा निर्माणाधिन र निर्माण गर्ने योजनामा रहेको जलविद्युत आयोजनाहरुमा जनताको स्वामित्व र सामाजिक उत्तरदायित्व सुनिश्चित गर्नको लागि आवश्यक पहलकदमी गर्ने,

३. उत्तरी धादिङको भीरपहरा र कन्दराहरुमा रहेको भीरमौरीहरुको महसंकलनमा आधुनिकता भित्राई प्रशोधन गर्ने र राष्टिय तथा अन्तराष्टिय बजारमा निर्यातको लागि नीतिनियम बनाउन पहलकदमी लिने,

४. रुवीभ्याली गाउँपालिका र खनियाबास गाउँपालिका केन्द्रिय चिस्यान केन्द्र स्थापना गरी त्यस क्षेत्रका उत्पादनहरुलाई बेमौसममा बजार पुर्याउने योजना,

५. रुवीभ्याली गाउँपालिका र गणेश हिमाल क्षेत्रलाई पर्यटन हवको रुपमा विकास गर्ने, माउन्टेनरिङ स्कुल स्थापनामा पहल गर्ने,पदमार्ग, होमस्टे र माउन्टेन हवको रुपमा विकास गरी स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्ने

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस