
नारी बाटिका
साथै मगलबार विभिन्न जिल्लामा असिनासहितको वर्षा भयो
बिबियु,नारी वाटिका संवाददाता
धादिङ -१३ फागुन
लामो समयपछीको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मंगलबार मौसम बदली भइ देशको पूर्वदेखि पश्चिमसम्मका जिल्लामा वर्षा,चट्याङ र असिनापानी परेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मगलबार पश्चिम तिर भन्दा मध्य र पूर्वी क्षेत्रमा बढी वर्षा भएको हो। काठमाडौँको उपत्यकासहित, नुवाकोटको ककनीलगायत विभिन्न क्षेत्रमा असिना परेको थियो।
नेपालमा यस वर्ष खासै हिउँदे वर्षा नभइकन वर्षायाम सुरु भएको अवस्था छ । धेरै समयपछी मंगलबार साँझ सबैभन्दा बढी वर्षा सङ्खुवासभामा ३६.८ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ। त्यसपछि सिन्धुपाल्चोकमा २५.६ मिलिमिटर वर्षा भएको हो।
त्यस्तै ताप्लेजुङमा २४, नुवाकोटमा ११, गोरखामा १३,पर्वतमा २०.६ म्याग्दीमा १०.६,प्यूठानमा १३.८, रोल्पामा २०.८, ललितपुरमा १३.२,उपत्यकामा २.६, भक्तपुरमा ३.४, दोलखामा ८.४ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।
त्यसैगरी अन्य जिल्लामा १० मिलिमिटर भन्दा तल वर्षा भएको छ। केही जिल्लामा असिनासहितको वर्षा भएको थियोभने केही जिल्लामा हावाहुरी र हिमपात समेत भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि विभिन्न ठाउँमा वर्षा हुने सम्भावना रहेको छ।
आज (बुधवार) तराई भू–भागका केही स्थानमा बिहान हुस्सु रहने तथा कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भू–भाग तथा बाँकी प्रदेशको हिमाली भू–भागमा साधरणतया बादल लाग्ने महाशाखाले जनाएको छ । बाँकी पहाडी भू–भागमा पनि आंशिक बादल लाग्ने छ
आज तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।







प्रतिक्रिया दिनुहोस