
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ -१४ फागुन
हाल पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोही प्रभावले आज देशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराई भुभागमा मौसम मुख्यतया सफा छ।
बिहिबार दिउँसो आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहने र अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने छ। आज यस क्षेत्रका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
त्यस्तै आज राति तराईका थोरै स्थानमा तुवाँलो लाग्नेछ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।








प्रतिक्रिया दिनुहोस