आज: २०८३ बैशाख ६, आईतबार | Sun, 19, Apr, 2026

नेपालले विभिन्न सातवटा अन्तरराष्ट्रिय विमानस्थलमा उडान रद्द

२०८२ फागुन १६, शनिबार मा प्रकाशित ( १ महिना अघि) ३५०४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -१६ फागुन ।

सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सातवटा अन्तरराष्ट्रिय उडान रद्ध गरेको छ । ति विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण नेपालबाट ति विमानस्थलमा हुँदै आएका अन्तरराष्ट्रिय उडानहरु रद्द गरिएका हुन्।

उडान रद्ध भएका विमानस्थहरुमा सारजहा, दोहा, दुबै, कुबेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएकोले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज दिउँसो र रातिका सबै उडान रद्द गरिएका त्रिभुवन विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए।

महाप्रबन्धक सिटौलाका अनुसार ति विमानस्थलहरुमा हवाई उडानमा प्रतिबन्ध लगाइएकाले नेपालबाट दिउँसो र राति हुने सबै उडान रद्द गरिएका छन्। उडानहरु कहिले खुल्छन् भन्नेबारे अर्को निर्णय नभएसम्म उडान रद्ध हुने भएको हो ।

त्यसैले उल्लेखित अन्तरराष्ट्रिय विमानस्थलहरुमा जाने टिकट लिईसकेका यात्रुलाई आफ्नो उडानका लागि विमानस्थल जानुभन्दा अगाडि सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्र जान विमानस्थल कार्यालयले अनुरोध गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस