आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

इरान–इजरायल युद्ध चर्किएसंगै खाडी मुलुकलाई ठुलो असर पार्ने सम्भावना

२०८२ फागुन १७, आईतबार मा प्रकाशित ( २ घण्टा अघि) ९६२ पटक पढिएको
नारी बाटिका


दुबई ।

इरानमा इजरायल र संयुक्त राज्य अमेरिकाले संयुक्त सैन्य कारबाही गरेसंगै खाडी मुलुकमा असर पार्ने भएको छ।

यसको प्रभावले सुरक्षा सतर्कता बढाइए र दुबई स्थित विश्वकै अग्लो भवन बुर्ज खलिफा भवन अस्थायी रूपमा खाली गराइएको हो। साथै यसको वरपर विस्फोट जस्तो आवाज सुनिएको सूचना पाएपछि भवन व्यवस्थापनले तत्काल आपतकालीन प्रोटोकल लागू गरेको जनाइएको छ।

पछिल्लो समय शनिबार युद्ध चर्किंदै गएपछि दुबईका विमानस्थलहरूमा उच्च सतर्कता अपनाइएको छ। दुबई सरकारले सुरक्षा मूल्याङ्कन नसकिएसम्म् आगमन–प्रस्थान उडानहरू स्थगित गरिएको र यात्रुहरूलाई एयरलाइन्ससँग सम्पर्कमा रहन र आधिकारिक सूचनामात्र विश्वास गर्न आग्रह गरिएको छ।

यसभन्दा पहिले पनि इरान को राजधानी तेहरान सहित विभिन्न सहरहरूमा इजरायली हवाई हमला गरेको थियो। शनिबार दिनभरि तेहरानस्थित विभिन्न क्षेत्रमा विस्फोटको आवाज सुनिएको थियो भने हवाई हमलाका साइरन बजिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

शनिबार युद्धको जवाफ दिन इरानले इजरायलतर्फ मिसाइल प्रहार सुरु गरेको छ। साथै रिपोर्ट अनुसार करिब ४ सय मिसाइल प्रहार गरिएको जनाएको छ तर त्यसको पुष्टि हुन भने बाँकी छ। यद्यप्ी क्षेत्रीय सुरक्षा अवस्था तीव्र रूपमा बदलिएको र खाडी मुलुकहरूमा उच्च सतर्कता अपनाइएको छ।

त्यस क्षेत्रमा द्वन्द्व थप फैलियो भने यसको प्रत्यक्ष असर उड्डयन, तेल आपूर्ति र क्षेत्रीय सुरक्षा समेन्त्रमा पर्न सक्छ। दुबईको अन्तर्राष्ट्रिय व्यापार–पर्यटन केन्द्रमा देखिएको सावधानीले सम्भावित जोखिमलाई गम्भीर रूपमा लिइएको संकेत गरेको छ ।

घटनाक्रमबारे थप आधिकारिक विवरण आउन बाँकी छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस