
नारी बाटिका
चुनाव आउन ४ दिन बाँकी, मतदाता शिक्षा आजदेखि सकिने
तेहरान
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी आक्रमणबाट मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ। उनको निधन भएको पुष्टी गर्दै ४० दिन शोक घोषणा समेत गरिएको हो।
यता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको यसअघि नै बताएका भएपनि उनको निधन भए नभएको भन्ने पुष्टी भएको थिएन। ट्रम्पले ट्रुथ सोसल मार्फत् खामेनी मारिएको दाबी गरेपनि इरानबाट पुष्टि हुन बाँकी नै थियो ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले त एनबीसी समाचार संस्थासँगको कुराकानी कै क्रममा आफ्ना नेता सुरक्षित र स्वस्थ रहेको दाबी गरेका थिए।
आफ्ना सर्वोच्च नेता खामेनीको मृत्यु भएको र ४० दिन शोकको घोषणा गरिएको इरान राज्यको टेलिभिजनका एक प्रस्तोताले भावकु हुँदै जानकारी दिएको बीबीसीले जनाएको छ। तर घटना बारे विस्तृत विवरण अझै आउनै बाँकी छ।
८५ वर्षीय खामेनी सन् १९८९ देखि नै उनी शक्तिशाली पदमा रहेर इरानको सर्वोच्च नेताका रूपमा परिचित हुन्।
केही बेरअघि मात्रै उनको निधनको खबर सार्वजनिक भएसँगै इरानमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने समर्थकहरू सडकमा निस्किएर शोक व्यक्त गरिरहेका छन्।
खामेनी इजरायल र अमेरिकाको संयुक्त कारबाहीका क्रममा मारिएको पुष्टी भएको हो।








प्रतिक्रिया दिनुहोस