आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

सुरक्षाका निर्देशन पालना गर्न कतारस्थित नेपाली दूतावासको आग्रह

२०८२ फागुन १७, आईतबार मा प्रकाशित ( २ घण्टा अघि) ८६९ पटक पढिएको
नारी बाटिका


चुनाव आउन ४ दिन बाँकी, मतदाता शिक्षा आजदेखि सकिने

बिबियु,नारी वाटिका संवाददाता

धादिङ -१७ फागुन ा

कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पुर्ण नेपालीलाई कतार सरकारद्वारा जारी गरेको सुरक्षा निर्देशन पालना गर्न अनुरोध गरेको छ।

दुई दिनदेखी पश्चिम एसियामा विकसित हुंदै गएको परिस्थितिलाई दृष्टिगत गर्दै कतारमा रहेका सम्पूर्ण नेपालीलाई उच्च सतर्कता अपनाएर सुरक्षित रहन सुसुचित गरेको हो।

हालैको विकसित घटनाक्रमले कतारमा रहेका नेपाली नागरिकको सुरक्षाको निम्ति नेपाली दूतावासले विशेष चासो लिएको छ । साथै कतार सरकारले जारी गरेका सुरक्षा सल्लाह र निर्देशनको पालना गरी घरभित्र रहन तथा उचित सावधानी अपनाउन, अज्ञात स्रोतबाट आएका अफवाह र अप्रमाणित सूचनालाई विश्वास नगर्न दूतावासले अनुरोध गरेको हो।

साथै अपुष्ट सूचना, समाचार र ‘भिडियो क्लिप’लाई प्रेषित नगर्न, आधिकारिक घोषणा र आपत्कालीन सतर्कता सन्देश निरन्तर हेरेर त्यसको पालना गर्न तथा दूतावासको सम्पर्कमा रहन अनुरोध गरेको छ।

दूतावासले कतारमा रहेका नेपालीसँग टेलिफोनलगायत माध्यमबाट नियमित सम्पर्क गरीरहेको जनाएको छ । कतारमा हाल तीन लाख ६० हजार नेपाली श्रमिक छन्।

शनिबार अमेरिका र इजरायलले इरानमाथि संयुक्त रूपमा सैन्य आक्रमण गरेपछि त्यसको प्रत्याक्रमणमा इरान उत्रिएएको छ भने पश्चिम एसियमा तनाव निकै बढेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस