
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ -१८ फागुन ।
इरानले संयुक्त अरब इमिरेट्स (यूएई)लाई गरेको हवाई आक्रमणमा परी एक नेपाली नागरिकसहित तीन जनाको ज्यान गएको छ । दुई दिनदेखीको तनाव ग्रस्त भएको मध्यपूर्वका खाडी मुलुकहरुमा भैरहेको विकसित हिंसात्मक आक्रमणको निसानामा नेपाली श्रमिकहरु पनि परेका छन् ।
संयुक्त अरब इमिरेट्सको रक्षामन्त्रालयले आइतबार जारी गरेको विज्ञप्ति अनुसार, आक्रमणमा परी नेपाल, पाकिस्तान र बंगलादेशका एकरएक गरी कूल तीन जना विदेशी नागरिकले ज्यान गुमाएका हुन् ।
यूएईका लागि नेपाली राजदूत तेज बहादुर क्षेत्रीले जानकारी दिए अनुसार सोही आक्रमणमा परी एक नेपालीको मृत्यु भएको छ। यद्यपि मृत्यु हुनेहरूको परिचय भने मन्त्रालयले खुलाइ सकेको छैन ।
इरानले हालसम्म १६५ वटा ब्यालेस्टिक मिसाइल, दुईवटा क्रुज मिसाइल र ५४१ वटा ड्रोन प्रहार गरिसकेको छ । यूएईको शक्तिशाली हवाई रक्षा प्रणालीले अधिकांश मिसाइल र ड्रोनहरूलाई आकाशमै नष्ट गरिदिएको थियो । तापनि ३५ वटा ड्रोनहरू मध्यपुर्वका विभिन्न स्थानमा खसेका थिए ।
खसेका ड्रोनहरूमध्ये २१ वटा ड्रोनहरूले नागरिक बस्ती र भौतिक संरचनालाई निशाना बनाएर खसेको र त्यसैले मानवीय क्षति पुर्याएको हो । इरानको निसानामा रहेका देशमा बसोबास गर्ने नेपालीहरुले उच्च सतर्कता अपनाउन पर्ने अवस्था आएको छ ।
आइतबार इरानले गरेको आक्रमणमा परी नेपालसहित भारत, फिलिपिन्स, इजिप्ट, इथियोपिया र पाकिस्तान लगायत १५ देशका ५८ जना नागरिक हरु पनि सामान्य घाइते भएका बताइएको छ । मन्त्रालयले घाइतेहरूको अवस्था खतरामुक्त रहेको र उनीहरूको उपचार भइरहेको जानकारी दिएको छ ।








प्रतिक्रिया दिनुहोस