आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

खाना पकाउने क्रममा बेहोस भएका निर्वाचन प्रहरीको मृत्य

२०८२ फागुन १९, मंगलबार मा प्रकाशित ( ३ घण्टा अघि) ९०० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
कञ्चनपुर- १९ फागुन ।

कञ्चनपुरमा एक निर्वाचन प्रहरीको मृत्यु भएको छ ।

लालझाडी गाउँपालिका–३ बल्मी घर भई पुनर्बास नगरपालिका–९ सिताबस्ती स्थित जीवनशक्ति आधारभूत मतदानस्थलमा खटिएका ३५ वर्षीय मानसिंह रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताउन् भयो ।

राना सोमबार राति खाना पकाउने क्रममा अचानक आफै बेहोस भएका र उपचारका लागि धनगढी स्थित निशर्ग अस्पताल लगिएको थियो। उपचारकै क्रममा आज उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी प्रवक्ता शाहीका अनुसार राना उच्च रक्तचाप र मधुमेहबाट पीडित रहेको पुष्टी भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस