
नारी बाटिका
नारी वाटिका संवाददाता
सर्लाही -१९ फागुन ।
सर्लाहीमा निर्वाचनमा खटिएका एक मतदान अधिकृतको बेहोश भई मृत्यु भएको छ ।
सर्लाहीको पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालयको मतदान केन्द्र ‘क’को मतदान अधिकृत भएर खटिएका ४५ वर्षीय रघुनाथ महतोको बेहोश हुंदा मृत्यु भएको हो ।
महतो मंगलबार दिउँसो अचानक बेहोश भएको र उपचारको लागी प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। उपचारका क्रममा उनको आज मृत्यु भएको जिल्ला निर्वाचन कार्यलय सर्लाहीका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिनु भयो।
यद्यपि पोस्टमार्टमपछि मात्र मृत्युको कारण खुल्ने चिकित्सकहरूले बताएका छन् । उनको शव हाल प्रादेशिक अस्पताल मलंगवामै राखिएको प्रहरीले जनाएको छ।
उनी सर्लाहीको बरहथवा नगरपालिका(५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा सिनियर अहेबमा कार्यरत थिए।








प्रतिक्रिया दिनुहोस