आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

सरकारले विसं.२०८३ सालमा दिइने बिदाको तालिका निर्धारण

२०८२ फागुन १९, मंगलबार मा प्रकाशित ( २ घण्टा अघि) ६५२ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता
धादिङ -१९ फागुन ।

‘नेपाल सरकारले आगमी नयाँ वर्ष विसं.२०८३ सालमा दिइने बिदाको तालिका निर्धारण गरी सार्वजनिक गरेको छ। यसै फागुन १३ मा बसेको मन्त्रिपरिषद् बैठकले आगमी नयाँ साल २०८३ मा दिईने सरकारी बिदाको निर्धारण गरी सरकारले गरेको निर्णय अनुसार बिदा राजपत्रमा प्रकाशित गरिएको हो ।

सरकारले निर्धारण गरेको सरकारी विदाहरुमा २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि देहाय बमोजिमको सार्वजनिक,पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ,’ राजपत्रमा भनिएको छ।

मुलुकको सातै प्रदेशमा वर्षभरि दिईने सार्वजनिक बिदा हुने पर्वहरु

वैशाख – नयाँ वर्ष वैशाख १ गते मङ्गलबार
वैशाख पूर्णिमा – वैशाख १८ गते शुक्रबार
भदौ  – रक्षाबन्धन – भदौ १२ गते शुक्रबार
श्रीकृष्ण जन्माष्टमी – भदौ १९ गते शुक्रबार
असोज – घटस्थापना – असोज २५ गते आइतबार
दशैं बिदा असोज ३१ गते- कात्तिक ६ गतेसम्म (फूलपातीदेखि द्वादशीसम्म )
कात्तिक – तिहार बिदा कात्तिक २२ गतेदेखि कात्तिक २६ गतेसम्म
छठ पर्व – कात्तिक २९ गते आइतबार
पुस  – धान्य पूर्णिमा‚ उधौली पर्व, योमरी पुन्हि – पुस ९ गते बिहीबार
क्रिसमस डे – पुस १० गते शुक्रबार
तमू ल्होछार – पुस १५ गते बुधबार
माघ  – माघे सङ्क्रान्ति -माघ १ गते शुक्रबार
सोनम ल्होछार -माघ २४ गते आइतबार
फागुन  – महाशिवरात्रि – फागुन २२ गते शनिबार
ग्याल्पो ल्होसार फागुन २५ गते मङ्गलबार
चैत  – फागुपूर्णिमा हिमाली र पहाडी जिल्लामा चैत ७ गते
तराईका जिल्लामा चैत ८ गते सोमबार

ईद उल फित्र
बकर ईद

स्थान विशेष
गाईजात्रा – भदौ १३ गते शनिबार (नेवारका लागि मात्र)
गौरा पर्व – भदौ १९ गते शुक्रबार
दुरा म्हैप्रु नकुमा पुस १५ गते बुधबार (दुरा समुदायका लागि मात्र)
सिरुवा पावनीको दिन ( झापा, मोरङ, सुनसरी, सिराहा र सप्तरीमा
(महिला कर्मचारी)को लागि मात्र
हरितालिका (तीज) व्रत- भदौ २९ गते सोमबार
जितिया पर्व असोज १८ गते आइतबार (जितिया मनाउने महिलाका लागि)

शिक्षण संस्थाका लागि
वसन्त पञ्चमी – माघ २८ गते बिहीबार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस