
नारी बाटिका

बिबियु,नारी वाटिका संवाददाता
धादिङ -२० फागुन ।
धादिङमा भोली हुने निर्वाचनको मतदानस्थल तथा मतदान केन्द्र निर्माणलगायतका सम्पूर्ण तयारी पूरा भएको छ ।
जिल्ला मुख्य निर्वाचन कार्यलय धादिङका निर्वाचन अधिकृत एवं् माननीय जिल्ला न्यायधीश रामप्रशाद शर्माका अनुसार मतदान सकिएपछी तत्कालै मतगणना थालिने र २४ घण्टाभित्र निर्वाचनको नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको बताउनु भयो ।
बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धादिङ जिल्लाका सबै मतदान स्थलमा तयारी पूरा भएको हो । जिल्ला निर्वाचन अधिकारी शिब बहादुर गुरुङका अनुसार जिल्लाभरका सबै मतदान केन्द्रमा आवश्यक मतदान सामग्री र कर्मचारी पुगिसकेका छन् ।
“भोलि बिहानैदेखि निर्धारण गरिएको समय अनुसार विहान ७ बजेदेखी मतदान सुरु हुनेछ,” मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । मतदान सम्पन्न भएलगत्तै सबै क्षेत्रका मतपेटिका सम्बन्धित मतगणना स्थलमा ल्याइने तयारी गरिएको छ भने भौगोलिक विकटताका कारण २ नम्बर क्ष्ोत्रका केही दुर्गम क्षेत्रमा पर्ने मतदान केन्द्रका मतपेटिका ल्याउन भने केही समय लाग्न सक्ने बताइएको छ । 
त्यसैगरी मतगणना स्थलसमेत तयारी अवस्थामा रहेको छ। मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा बनाउन तारजाली र सीसी क्यामेरा समेत जडान गरिएको छ। मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक आह्वान गरिने र त्यसलगतै मतगणना प्रक्रिया सुरु गरिने निर्वाचन अधिकारीको भनाई छ ।
विगतको तुलनामा यस निर्वाचनमा विशेषगरी मतगणनालाई छिटो र व्यवस्थित बनाउन पर्याप्त जनशक्ति र सुरक्षाकर्मी परिचालन गरिएको छ। सोही कारणले पनि गणना सुरु भएको २४ घण्टा मै अन्तिम परिणाम सार्वजनिक गर्ने लक्ष्यका साथ तिब ्ररुपमा तयारी गरिएको हो ।








प्रतिक्रिया दिनुहोस