आज: २०८२ फागुन २१, बिहिबार | Thu, 05, Mar, 2026

आज प्रतिनिधिसभा निर्वाचन मतदान हुंदै

२०८२ फागुन २१, बिहिबार मा प्रकाशित ( २ घण्टा अघि) ८०७ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता
धादिङ -२१ फागुन ।

प्रतिनिधिसभाको निर्वाचन आज हुँदैछ। गत भदौं २३ र २४ को मुलुकमा भएको विध्वंशले पाँच वर्षृ(२०८४)मा हुनुपर्नेकम दुई वर्ष अघि नै चुनाव हुन लागेको हो। देशका सातै प्रदेशका १६५ निर्वाचन क्षेत्रमा एकै पटक हुने निर्वाचनको मतदान अहिले विहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ।

निर्वाचनका लागि धेरै मतदाता आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगिरहेको अवस्था छ। देशको राजधानी काठमाडौं उपत्यकाबाट ८ लाख नागरिक आफ्नो क्षेत्रमा स्वतः स्फुर्त आ आफ्ना जिल्लाका नेता चयन गर्नका लागी पुगेका छन्।

निर्वाचनको निर्धारित समयभन्दा अगावै निर्वाचन हुदैछ । तरपनि देशभरका मतदाताहरुमा देखिएको उत्साहले यसपटक मतदान प्रक्रियामा सहभागी हुनेहरू बढ्ने निर्वाचन आयोगको आँकलन छ। यस निर्वाचनमा सातै प्रदेशका १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता सहभागी हुने छन्। यसरी कुल मतदातामध्ये ९६ लाख ६३ हजार ३ सय ५८ पुरूष छन् भने ९२ लाख ४० हजार १ सय ३१ महिला छन्।

देशभरबाट १ सय ६५ सिटमा प्रतिनिधिसभा चयनका लागि ६५ विभिन्न राजनीतिक दलका उम्मेदवारले प्रतिस्पर्धा रहेको देखिन्छ। कुल उम्मेदवारमध्ये दलका २ हजार २ सय ६३ छन् भने १ हजार १ सय ४३ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस