नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ -२१ फागुन ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँको मैतीदेवीस्थित मयुर कुण्ड मतदान केन्द्रबाट मतदान गर्नृु भएको छ । मतदानपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस निर्वाचनले दिने ‘म्यानडेट’ले आगामी पाँच वर्षमा देशको भविश्य कोर्नेछ सुशासित रुपमा सरकार सञ्चालनको मार्गचित्र बनाउने बताउनु भयो।
“संविधान ‘लिक’भन्दा बाहिर गइसकेपछि लामो समयसम्म राजनीतिक अनिश्चितता हुन्छ कि भन्ने भय थियो । त्यसैले यो निर्वाचन संविधानलाई ‘ट्रयाक’मा ल्याउन अनिवार्य थियो”, उहाले भन्नु भयो, “निर्वाचन हुने नहुने द्विविधाकाबीच देशभर शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।”
आफुनै पार्टीभित्र सुशासन र पुस्तान्तरको संघर्ष गरी सफलताको दिशामा लम्कि रहेका निडर र साहसी नेता तथा सभापति थापालाई नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । सभापति थापा सर्लाही निर्वाचन क्षेत्र नं ४ बाट उम्मेदवार बन्नु भएको छ ।








प्रतिक्रिया दिनुहोस