आज: २०८२ फागुन २१, बिहिबार | Thu, 05, Mar, 2026

धादिङका मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागीता,सुरक्षा व्यवस्था कडा

२०८२ फागुन २१, बिहिबार मा प्रकाशित ( ४ घण्टा अघि) १५२० पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -२१  फागुन ।

प्रतिनिधिसभा सदस्य चयनका लागि आज भइरहेको निर्वाचनमा धादिङ जिल्लाभरका मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताहरू उत्साहजनक उपस्थित भई मतदान गरिरहेका छन् ।

जिल्लाभरका मतदान केन्द्रमा शान्तिपूर्ण, व्यवस्थित र उल्लासमय वातावरणमा मतदानको कार्य सञ्चालन भइरहेको छ। यस निर्वाचनमा विशेषगरी ज्येष्ठ नागरिकहरुले उत्साहपुर्वक मतदान गरिरहेका पाईएको छ । यससंगै मतदान केन्द्रहरूमा युवादेखि वृद्धवृद्धासम्मको उल्लेखनीय उपस्थिति रहेको पाईन्छ।

अन्य जिल्लामा जस्तै यस पटकको निर्वाचनमा धादिङमा पनि चुस्त व्यवस्थापन र कडा सुरक्षा निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन मतदान स्थलको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। मतदान केन्द्रको प्रवेशद्वारमै नेपाल प्रहरीलगायतका सुरक्षाकर्मीहरूले विशेष शतर्कता अपनाएका छन्।

सुरक्षाकर्मीहरूले मतदाताको परिचयपत्र (भोटर आईडी) सुक्ष्म रूपले जाँच गर्ने र सुरक्षाका लागि हाते मेटल डिटेक्टरसहित शारीरिक खानतलासी गरेर मात्र भित्र प्रवेश गर्न दिएका छन्। मतदानलाई सहज बनाउन महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ। डोरी टाँगेर बनाइएका यी लाइनहरूले भीडभाडलाई व्यवस्थित बनाएको छ।  

साथै ड्युटीमा खटिएका महिला तथा पुरुष सुरक्षाकर्मीले सुरक्षा दिनुका साथै ज्येष्ठ नागरिकहरूलाई डो¥याएर मतदान बुथसम्म पुग्न सहयोगीको भूमिका समेत निर्वाह गरिरहेका छन्, जुन निकै प्रशंसनीय दृश्य हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस