आज: २०८३ जेष्ठ २, शनिबार | Sat, 16, May, 2026

धादिङ २ मा रास्वपाका उम्मेदवार बोधनारायण श्रेष्ठ विजयी

२०८२ फागुन २४, आईतबार मा प्रकाशित ( २ महिना अघि) ३४११ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -२४ फागुन ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा धादिङ क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बोधनारायण श्रेष्ठ निवाचित भएका छन् ।

श्रेष्ठले २६ हजार १ सय ४३ मत प्राप्त गरी विजयी भएका हुन् । उहाँका निकटतम प्रतिद्वन्दि नेपाली काँग्रेसका उम्मेदवार रमेश धमलाले २० हजार २ सय ७७ मत प्राप्त गर्नु भएको थियो ।

मत परिणम अनुसार नेकपा एमालेका धनबहादुर घलेले १० हजार ८४ मत र नेपाली कम्युनिस्ट पार्टीका रामबहादुर भण्डारीले ९ हजार ३७ मत प्राप्त गर्नु भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय धादिङले मत परिणामको आधिकारिक घोषणा गरी बोधनारायन श्रेष्ठ विजयी हुनु भएका जानकारी दिनु भएको थियो ।

श्रेष्ठले ५ हजार ८ सय ६६ मतान्तरले विजयी हाँसिल गरेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस