आज: २०८२ फागुन २५, सोमबार | Mon, 09, Mar, 2026

कार्की जाँचबुझ आयोगले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायो

२०८२ फागुन २४, आईतबार मा प्रकाशित ( १ दिन अघि) १४८९ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -२४ फागुन ।

भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको विध्वंशको सम्वन्धमा जाँचबुझ आयोगले प्रेतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएका छन् ।

अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपस्थित भई आइतबार प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले अध्ययन गरेर छिट्टै कार्यान्वयन गर्ने वचन दिनु भएको आयोगका सदस्य एवम् पूर्व डीआईजी विज्ञानराज शर्माले जानकारी दिनु भयो । शर्माका अनुसार आन्दोलनमा जसले गल्ती गरेको छ, उसलाई कारबाहीको सिफारिस गरिएको छ । ‘जसले गल्ती गरेको छ, उसलाई अभियोग लगाइएको छ।

साथै आन्दोलनका क्रममा केही सुरक्षा लापरबाही भएको छ। ’ उहाँले संसद् भवन परिसरमा आन्दोलनकारी अघि बढ्दा ब्यारिकेडबाटै कमी कमजोरी देखिएको समेत शर्माले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस